फरेक्स ट्रेडिङ वास्तवमा कुनै नौलो बिषय भने होइन । यो आफैमा मानब सभ्यताको इतिहाँसबाटै यसको अभ्यास हुदै आएको हो । यो आजको समयले हिजो को त्यो इतिहाँस हामी अध्ययन गर्न पनि सक्छौ । फरेक्सको इतिहाँसलाई यदि हामीले नियाल्ने हो भने यो बार्टर पद्धति(सिस्टम) बाट उत्पति भएको भनेर बुझ्दा फरक पर्दैन । बार्टर भन्नाले कुनै पनि बस्तु साटासाट गर्नु ।